
धादिङ चैत्र २२ । आशन्न पत्रकार महासंघको निर्वाचनको लागि धादिङमा ओली-नेपाल पक्षिय चौतारी र सेन्टरको नयाँ गठबन्धन बनेको छ, भने प्रेस युनियन एक्लै महासंघको चुनावी मैदानमा गएको छ ।
प्रेस युनियन, नेपाल पक्षिय चौतारी, प्रेस संगठन र जसपा निकट प्रेस मञ्च नेपालले केन्द्र देखि जिल्ला सम्म गठबन्धन गर्ने निर्णय गरे पनि धादिङमा भने यो गठबन्धनले युनियनलाई आउट गर्दै ओली नीकट चौतारीलाई गठबन्धनमा सहभागि गराएको छ ।
युनियन, नेपाल पक्षिय चौतारी, प्रेस संगठन र जसपा निकट प्रेस मञ्च नेपाल केन्द्रिय गठबन्धनले बागमती प्रदेशको चितवन, धादिङ, मकवानपुर, काभ्रेपलान्चोक, दोलखा र रामेछाप युनियनले, प्रेस संगठन नेपालले नुवाकोट, सिन्धुली, सिन्धुपाल्चोक र रसुवा प्रेस चौतारीले अध्यक्ष पाउने निर्णय गरे पनि धादिङमा भने नेपाल पक्षिय प्रेस चौतारीले अध्यक्ष दावी गर्दै युनियनलाई आउट र ओली निकट चौतारीलाई गठबन्धनमा सहभागि गराई उम्मेदवार मनोनयन गरेको हो ।
दुई चौतारी, सेन्टर र प्रेस मन्च मिलेर बनेको गठबन्धनका तर्फबाट रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्माले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गाउनु भएको छ भने गठबन्धनबाट बाहिरिएको प्रेस युनियनबाट कान्तिपुर टिभिका पोषनाथ अधिकारीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।