ओली पक्षमा फर्किए धादिङका दुई नेता

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २२, २०७७

धादिङ चैत्र २२ । धादिङ संविधान सभा सदस्य धनबहादुर घले र धादिङका बागमती प्रदेश सांसद डा. रामकुमार अधिकारी प्रधान मन्त्री केपी शर्मा ओली समुहमा फर्किएका छन् ।

सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा पुर्याई दिएको र अव पार्टीलाई एकता वद्ध बनाउनु पर्नेमा केहि नेताहरु फेरि एमाले फुटाउने गतिविधिमा लागेकोले त्यसको विरुद्ध पार्टी अध्यक्ष ओलीलाई साथ दिएको सांसद रामकुमार अधिकारीले धादिङपोष्टलाई बताउनु भयो ।

यस्तै संविधानसभा सदस्य धनबहादुर घलेले हामी विचार सहितको एमाले हौं, जनताले एमाले छाड्ने छुट दिएका छैनन्, हाम्रो चुनाव चिन्ह सुर्य हो, पार्टी र चुनाव चिन्न छोड्न सकिन्न पार्टी अध्यक्ष विरुद्ध लाग्दै केहि नेताहरुले एमाले फुटाउन तयारी गर्दै हुनुहुन्छ त्यो आफुलाई स्वीकार नभएको धादिङपोष्टलाई बताउनु भयो ।

यस अघि सांसद डा. रामकुमार अधिकारी नेता बामदेव गौतम समुहका हुनुहुन्थ्यो भने, संविधानसभा सदस्य धनबहादुर घलेले नेपाल समुहमा हुनुहुन्थ्यो ।