
धादिङ चैत्र २१ । छार वाका राहा युवा क्लब नेत्रावती डब्जोङले आयोजना सेमजोङमा आयोजना गरेको ११ औं वाका कप खुल्ला अन्तर क्लव स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगितामा २६ टिम सहभागि हुने भएका छन् ।
आईतबार बिहान देखि हुने उक्त प्रतियोगिताको प्रथम पुस्कार राशी १ लाख ११ हजार १११, द्धितिय पुस्कार५५ हजार ५५५, उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट गोल किपर ३ हजार, उच्च गोल कर्ता ३ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।
धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ गैरा साबिक सेमजोङ १ गैराको वाका धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो । समुन्द्री सतहदेखि करिब २ हजार १५० मिटर उचाइमा अवस्थित यो ठाउँ धादिङ र नुवाकोट जिल्लाको सिमाना समेत भएकोले पछिल्लो समय यो ठाउँमा धादिङ र नुवाकोटका आन्तरिक पर्यटकको आकर्षण बड्दो छ ।
यो ठाउँको पहिचान गराइ पर्यटकीय क्षेत्रको रुपमा प्रचार-प्रसार गराउनुका साथै विश्वमा निकै लोकप्रिय रहेको फुटबल खेलको विकास र युवाहरुमा फुटबल खेलप्रति अभिरुचि बढाउन गैराका युवाहरुको पहलमा २०६३ सालदेखि वाका कप फुटबल प्रतियोगिता संचालन हुँदै आईरहेको छ ।
खेल तालिका
