अखिल क्रान्तिकारी धादिङको सम्मेलन जेठमा हुने

Avatar photo
Dhadingpost
शनिबार, चैत्र २१, २०७७

धादिङ चैत्र २१ । माओवादी केन्द्र निकट अखिल नेपाल विद्यार्थी यूनियन (अखिल क्रिान्तकारी) धादिङले जेठ महिना सम्मेलन सक्ने गरि आयोजक समिति बनाएको छ ।

शुक्रबार सम्पन्न वैठकले उपेन्द्र जम्कट्टेलको संयोजकत्वमा ५३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति बनाएको हो । बैठकले सबै स्थानीय तहमा बैशाख भित्र भेला सम्मेलन सम्पन्न र जेठ महिना भित्र जिल्ला सम्मेलन गर्ने निर्णय गरेको संयोजक जम्कट्टेलले बताउनु भयो ।