
धादिङ चैत्र २१ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका सेमजोङमा हुने ११ औं वाका कप फुटबल प्रतियोगिताको समापनमा माओवादी केन्द्रको स्थायी कमिटी सदस्य पम्फा भुसाल ल्याउने भएपछि वडा अध्यक्ष विजय कुमार तामाङले कोभिडको कारण देखाई प्रतियोगिता नगर्न दवाव दिएका छन् ।
अन्तिम समयमा आएपछि चैत्र २१ गते देखि बैशाख १ गते सम्म हुने भनिएको यस प्रतियोगिता वडा अध्यक्षले पत्र पठाउँदै प्रतियोगिता नगर्न दवाव दिए सँगै आयोजकले गर्ने नगर्ने अझै निर्णय गर्न सकेको छैन ।
सम्पूर्ण तयारी सकियो, रेफ्रीहरु आईसके हामीले समापनमा नेतृ भुसाललाई ल्याउने भनेर सार्वजनिक गर्ना साथ वडा कार्यालयले कोभिडको कारण देखाई फुटबल प्रतियोगिता नगर्न दवाव दिएको क्लवका एक सदस्यले धादिङपोष्टलाई बताए ।
हामी आयोजकलाई, स्थाीयवासी र युवाहरुबाट प्रतियोगिता गर्न दवाव आईरहेको छ । वडाले नगर्न भनेर पत्र पठाएको छ । देशभर प्रतियोगिताहरु भई रहेका छन् २३ गते देखि गजुरी महोत्सव पनि हुँदै छ । केहि दिन अगाडी दशरथ रंगशालामा हजारौं दर्शकहरुको उपस्थितिमा फुटबल प्रतियोगिता भएकै हो । समापनमा पम्फा भुसाल ल्याउने तयारी भएपछि प्रतियोगिता नगर्न वडा अध्यक्षले राजनिति पूर्वाग्रह साँधेको आयोजक समितिका दिपक तामाङ बताउनु हुन्छ ।
यस विषयमा धादिङपोष्ट सँग कुरा गर्दै वडा अध्यक्ष विजयकुमार तामाङ भन्नु हुन्छ, वडा पनि राज्यको एउटा अंग हो जिल्ला प्रशासन र गाउँपालिकाबाट नगराउनु भन्ने निर्देशन आएकोले वाका कप स्थगित गर्न पत्र पठाएको हुँ । अतिथिको विषयलाई लिएर रोकेको हैन ।
छार वाका राहा युवा क्लब नेत्रावती डब्जोङले आज देखि संचालन गर्ने यस ११ औं वाका कप फुटबल प्रतियोगिता समापन गर्न नेतृ भुसाललाई बैशाख १ गते सेमजोङ ल्याउने आयोजकले बताएको थियो ।
थम पुस्कार राशी १ लाख ११ हजार १११, द्धितिय पुस्कार५५ हजार ५५५, उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट गोल किपर ३ हजार, उच्च गोल कर्ता ३ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको यस प्रतियोगिता संचालनको लागि सबै भन्दा धेरै सहयोग धुवाकोटका प्रकाश अधिकारीले व्यक्तिगत १ लाख, ११ हजार १११ रुपयाँ, नुवाकोटका रन्ना तामाङले ५६ हजार ६६० रुपयाँ र नेत्रावती डबजोङ ५ कटुन्जे निवासी गोपाल गुरुङले ५५ हजार ५ सय अन्य सहयोगिहरुको पनि सहयोग गरि रहेका छन् ।
धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ गैरा साबिक सेमजोङ १ गैराको वाका धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो ।
समुन्द्री सतहदेखि करिब २ हजार १५० मिटर उचाइमा अवस्थित यो ठाउँ धादिङ र नुवाकोट जिल्लाको सिमाना समेत भएकोले पछिल्लो समय यो ठाउँमा धादिङ र नुवाकोटका आन्तरिक पर्यटकको आकर्षण बड्दो छ ।
यो ठाउँको पहिचान गराइ पर्यटकीय क्षेत्रको रुपमा प्रचार प्रसार गराउनुका साथै विश्वमा निकै लोकप्रिया रहेको फुटबल खेलको विकास र युवाहरुमा फुटबल खेलप्रति अभिरुचि बढाउन गैराका युवाहरुको पहलमा २०६३ सालदेखि वाका कप फुटबल प्रतियोगिता हुँदै आएको छ ।