गजुरी महोत्सव चैत्र २३ गते देखि हुने

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २०, २०७७

धादिङ चैत्र २३ । धादिङको गजुरी गाउँपालिका स्थित गजुरी बजारमा चैत्र २३ देखि बैशाख २ गते सम्म प्रथम गजुरी महोत्सव हुने भएको छ ।

महोत्सव आयोजक समितिका संयोजक सुमित श्रेष्ठका अनुसार यस अघि चैत्र १२ गते देखि २४ गते सम्म महोत्सव आयोजना गर्ने गरि तयारी भएको थियो तर विविध कारणले गर्दा रोकिन गई ११ दिन ढिलो महोत्सव सुरु हुन लागेको हो ।

महोत्सवको लागि सम्पूर्ण तयारी सकिएको छ १०० वटा बन्दा बढी व्यापारिक स्टल तयारी अवस्थामा छन्, महोत्सवमा हेलिकप्टबाट गोसाईकुण्ड दर्शन र धादिङका लोकल साईट सिन अवलोकनको लागि टिकट बुकिङ खुल्ला भैरहेको समेत संयोजक श्रेष्ठले बताउनु भयो ।

श्रेष्ठका अनुसार महोत्सवमा २१ हजार प्रथम पुरस्कार राशी रहेको नृत्य प्रतियोगिता पनि गरिने छ । नृत्य प्रतियोगितामा द्धितियले १५ हजार, तृतियले ११ हजार र सान्तोनाले ५ हजार प्रदान गरिने छ ।

महोत्सवमा शिव परियार, प्रमोद खरेल, दुर्गेश थापा, चन्द्र लामा, ज्योती मगर, पशुपति शर्मा, बद्री पंगेनी, प्रिती आले, रामजी खाँण, रमेशराज भट्टराई (बहुला), कमल खत्री, रमेश प्रसाई, भुमिका गिरी, दिपक खड्का, ढाकाराम पौडेल, शोभा त्रिपाठी, अलिफ खान (टिकटकर), प्रदिप त्रिपाठी, गिता सेन्चुरी, दिक्षा सुनार, पल्पसा डंगोल (सम्सुरी), सुरबीर पण्डित ९दाह्री बा०, बिन्दा परियार, राजकुमार बानियाँ, अनित बिष्ट, उमा श्रेष्ठ, अम्रत खाती, सम्राट चौलागाई, योगेश काजी आउने लगायतका कलाकार आउने बताईएको छ ।

एक घर एक व्यवसाय भन्ने मुल नाराको साथमा साना तथा मझौला व्यवसायी महासंघ धादिङले आयोजना गर्ने यस महोत्सवमा घरेलु तथा मझौला उद्योगबाट उत्पादित वस्तुहरुको प्रदर्शनी, हेलिकप्टरबाट दृश्यालोकन, विभिन्न खेल तथा मनोरञ्ज, कृषि प्रदर्शनी राखिने बताईएको छ ।