प्रदेशका लागि धादिङबाट ४ जनाको उम्मेद्वारी दर्ता

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र १९, २०७७

धादिङ चैत्र १९ । पत्रकार महासंघ बागमती प्रदेशका लागि धादिङ जिल्लाबाट ४ जनाले उम्मेदवार दिएका छन् ।

चैत्र २५ गते सम्पन्न हुने पत्रकार महासंघ बागमतीको चुनावका लागि धादिङबाट नवराज छत्कुली, केशव अधिकारी, काजी श्रेष्ठ र केशव नेपालीले आज उम्मेदवारी दर्ता गराएका हुन् ।

पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले प्रदेश उपाध्यक्षका लागि, केशव अधिकारीले महासचिव पदका लागि, आर्थिक राष्ट्रिय दैनिकका काजी श्रेष्ठ र अर्थसंसारका केशव नेपालीले सदस्य पदका लागि उम्मेदवारी दिएका हुन् ।

केशव अधिकारीले प्रधानमन्त्री केपी ओली निकट प्रेस चौतारी र प्रेस मन्चको गठ बन्धनबाट, नवराज छत्कुली, काजी श्रेष्ठ र केशव नेपालीले नेपाल पक्षिय प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

बागमती प्रदेशका लागि अध्यक्ष पदका लागि गठबन्धन बाहिरबाट बलिया दावेदारको रुपमा मकवानपुरबाट गिरिजा प्रसाद अधिकारी, प्रेस चौतारी र प्रेस मन्चको गठ बन्धनबाट चितवनका हरि पौडेल, प्रेस चौतारी-प्रेस युनियन -प्रेस सेन्टरको गठबन्धनबाट नुवाकोटका शिव देवकोटाले उम्मेदवारी दिएका छन् ।