गाेपाल फ्युवा तामाङ, धादिङ । सांस्कृतिक केन्द्रकाे रुपमा परिचित कुरि गाउँमा अवस्थित ऐतिहासिक र धार्मिक महत्वकाे स्थान म्हन्दङ ज ह्रम्ने सम्पन्न भएकाे छ ।
खनियावास गाउँपालिका वडा नं ३, कुरि गाउँमा अवस्थित म्हन्दङमा अनेक शिलालेखहरु रहेका छन् । ती शिलालेखहरु पाँचाै शताब्दीभन्दा अघिकाे हुन सक्ने अनुमान खाेज अनुसन्धान कर्ताहरुले गरेका छन् ।
त्यसमा रहेका शिलालेखहरुमा उछेन, उमेद र सम्भाेटा लिपिकाे समेत प्रयाेग गरिएकाे पाइन्छ । म्हन्दङ बाेन र बाैद्धमार्गीहरुकाे पुजनीय तीर्थस्थलकाे रुपमा विकास हुँदै अाएकाे छ ।
मानव सभ्यता बस्दै आउने क्रममा अखे ङ यानेकी पाँचाै बराजुले कुरि म्हन्दङकाे स्थापना गरिएकाे किम्बदन्ती पाइन्छ । अापासका सङह्रप सुनाउने क्रममा “कुरि म्हन्दङ सेर्की लुम्बु” भनेर पुज्ने गरिन्छ ।
यस पटक कुरि गाउँका सांस्कृतिक अभियन्ताहरुकाे पहलमा म्हन्दङलाई पुनर्निर्माण गरेका थिए । पुनर्निमित म्हन्दङलाई ह्रम्ने (प्राण प्रतिष्ठा) स्थानीय लामाहरुले बाैद्ध विधि अनुसार गरेका हुन् ।
कुरिमा ल्याक्चेकुण्ड, बिजिलियुङ लगायतका अन्य धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका स्थानहरु समेत रहेका छन् । यस अघि तामाङ लाेकसाहित्यका अध्यता गाेपाल फ्युबाले लिखित पुस्तिका म्हन्दङ संरक्षण समितिले प्रकाशित गरेका छन् ।
स्थानीय, प्रदेश र संघिय सरकारले पनि समय समयमा यसकाे संरक्षण र प्रवर्धनकाे लागि बजेटकाे व्यबस्था गर्दै अाएकाे भए पनि पर्याप्त नभएकाे स्थानीयहरुले गुनासाे गरेका छन् । गाउँपालिकामा भएकाे स्राेत मध्येबाट अागामी दिनमा म्हन्दङ संरक्षण माैलिकरुपमा गर्नकाे लागि बजेट व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताउनु भयाे ।