धादिङ चैत्र १३ । नेपालगंजमा जारी प्रसिडेन्ट लिग ०७७ मा बागमती प्रदेश विजेता बन्दै खेलेको धादिङको धादिङ समाज धादिङले आफ्नो अन्तिम खेल आज अपराहन्न ४ बजे प्रदेश नम्बर १ को विजेता झापाको सैनिक फुटबल क्लव सँग खेल्ने भएको छ ।
आज बाहेक १ खेल खेल्न बाँकी झापाको अहिले सम्म अंक ४ छ भने आफ्नो अन्तिम खेल खेल्न लागेको धादिङको अंक अहिले सम्म ७ छ । यस प्रतियोगिताको लागि आफ्नो अन्तिम खेल खेल्दै गरेको धादिङको लागि आजको खेल विशेष महत्वपूर्ण छ । शिर्ष ४ भित्र पर्न आज धादिङले झापालाई हराउनै पर्ने हुन्छ । शिर्ष चार स्थानमा पर्ने टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्न पाउने छन् ।
आज सम्मको अंक
- स्टार सिटी युवा क्लव कैलाली, अंक-१३ (अब १ खेल खेल्न बाँकी)
- प्रदेश नम्बर ४ को त्रिवेणी युवा क्लव लमजुङ, अंक – ९ (आज सहित २ खेल खेल्न बाँकीं)
- लुम्बीनी प्रदेशको धम्बोझी स्पोर्ट बाँके, अंक- ९ (अब १ खेल खेल्न बाँकी)
- बागमती प्रदेश धादिङ समाज धादिङ, अंक -७ (आज अन्तिम खेल खेल्दै)
- प्रदेश नम्बर १ को सैनिक फुटबल क्लव झापा, अंक -४ (आज सहित २ खेल खेल्न बाँकी)
- प्रदेश नम्बर ६ को लेकाली युवा क्लव जुम्ला, अंक-१ (अब १ खेल खेल्न बाँकी)
- प्रदेश नम्बर २ को मनकामना युवा क्लव, रौतहट अंक-१ (आज सहित २ खेल खेल्न बाँकी)
चैतको १५ गते सम्म चल्ने यस प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिग सिंगल राउण्ड रोविनका आधारमा भएको यस प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
यस अघिका सामाचार
- धादिङ, धम्बोझीद्वारा पराजित
- धादिङ, कैलाली सँग बराबरीमा रोकियो
- धादिङको उत्कृष्ट प्रदर्शन सँगै राैतहट पराजित
- नेपालगन्जमा जारी प्रेसिडेन्ट लिगका रेफ्री विरुद्ध एन्फामा उजुरी
- धादिङका मिक्छेन तामाङ म्यान अफ द म्याच घोषित
- जुम्ला विरुद्ध धादिङको दुई ह्याट्रिक सहित ९ गोल
- धादिङद्वारा जुम्ला फराकिलो गोल अन्तरले पराजित
- बागमती प्रदेशबाट प्रेसिडेन्ट खेल्ने खेलाडीलाई भिम ढुङ्गानाले २ लाख र दिपक खतिवडाले १ लाख सहयोग गर्नेे घोषणा
- धादिङ चैत्र ३ गते जुम्ला सँग भिड्दै (खेल तालिका समेत)
- धादिङ, प्रदेश च्याम्पियन बन्दै, नगद ५ लाख जित्यो
- धादिङ समाज धादिङको प्रदेश लिग च्याम्पियन यात्रा (यस्तो थियो)