
धादिङ चैत्र ९ । नेपालगंजमा जारी एन्फा प्रसिडेन्ट लिग ०७७ को १२ औं खेलमा आज ४ बजे बागमती प्रदेश विजेता धादिङ समाज धादिङ र ७ नम्बर प्रदेशको विजेता स्टार सिटी युवा क्लव कैलाली बीच हुँदैछ ।
यस प्रतियोगितामा एक खेल पनि नहारेको कैलाली आफ्नो पोजिसन सुरक्षित राख्न चाहन्छ भने ३ खेल मा १ खेल पराजय व्यहोरेको धादिङ उपाधी रक्षाका लागि कैलालीलाई पराजित गर्ने तयारीमा छ ।
यस लिगको अहिले सम्मको अंक स्कोर यस्तो छ
- सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लव कैलाली, अंक-९
- बागमती प्रदेश धादिङ समाज धादिङ, अंक-६
- प्रदेश नम्बर ४ को त्रिवेणी युवा क्लव लमजुङ, अंक-६
- लुम्बीनी प्रदेशको धम्बोझी स्पोर्ट बाँके, अंक-६
- प्रदेश नम्बर १ को सैनिक फुटबल क्लव झापा, अंक-१
- प्रदेश नम्बर ६ को लेकाली युवा क्लव जुम्ला, अंक-१
- प्रदेश नम्बर २ को मनकामना युवा क्लव, रौतहट अंक-०
चैतको १५ गते सम्म चल्ने यस प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिग सिंगल राउण्ड रोविनका आधारमा हुने यस प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
- धादिङको उत्कृष्ट प्रदर्शन सँगै राैतहट पराजित
- नेपालगन्जमा जारी प्रेसिडेन्ट लिगका रेफ्री विरुद्ध एन्फामा उजुरी
- धादिङका मिक्छेन तामाङ म्यान अफ द म्याच घोषित
- जुम्ला विरुद्ध धादिङको दुई ह्याट्रिक सहित ९ गोल
- धादिङद्वारा जुम्ला फराकिलो गोल अन्तरले पराजित
- बागमती प्रदेशबाट प्रेसिडेन्ट खेल्ने खेलाडीलाई भिम ढुङ्गानाले २ लाख र दिपक खतिवडाले १ लाख सहयोग गर्नेे घोषणा
- धादिङ चैत्र ३ गते जुम्ला सँग भिड्दै (खेल तालिका समेत)
- धादिङ, प्रदेश च्याम्पियन बन्दै, नगद ५ लाख जित्यो
- धादिङ समाज धादिङको प्रदेश लिग च्याम्पियन यात्रा (यस्तो थियो)
