धादिङ चैत्र ८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै कोभिड—१९ को जोखिम बढेले भिडभाडमा नजान निर्देशन गरेको छ ।
आइतबार मन्त्रालय प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एक विज्ञप्ति जारी गर्दै भिडभाड हुने कार्य नगर्न आग्रह गर्दै भिड भाडजन्य काम नगर्न र जनस्वास्थ्यका मापदण्ड अनुशरण गर्न आग्रह गरेको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भिडभाड हुने व्यवसाय र कार्यहरु नगर्नु हुन र सामाजिक भौतिक दूरी, मास्कको अनिवार्य उचित प्रयोग तथा साबुन पानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोग लगायत यस मन्त्रालयबाट विगतमा जारी गरिएका अन्य जनस्वास्थ्यका मापदण्ड समेत पालना गरौं ।
विज्ञप्ती