धादिङ चैत्र ८ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) धादिङको इन्चार्जमा चन्द्रबहादुर सिलवाल (मिलन) र संयोजकमा राजाराम रिजाल चयन भएका छन् ।
एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई सर्वोच्चले वैधानिकता नदिए पछि एमाले र माओवादी केन्द्र निकट युवा संगठनहरु पुन ब्यूतिय सँगै वाईसिएल धादिङको इन्चार्जमा मिलन र संयोजकमा राजाराम रिजाल चयन भएका हुन् ।
त ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएलको केन्द्रयि समितिको बैठकले ०७८ साल जेठ २८–३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । राष्ट्रिय भेला अगाडी चैत्र भित्रमा हरेक निर्वाचन क्षेत्रमा १ हजार सदस्यता विस्तार गर्ने निर्णय समेत वाईसीएलले गरेको छ ।