
धादिङ चैत्र ४ । धादिङको नीलकण्ठ नगरपालिका १ काउलेबाट अवैधरुपमा राखिएको भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काउलेका बिनोद बहादुर गुरुङले घरमा अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा १ थान भरुवा बन्दुक फेला परेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
