बागमती प्रदेश निर्माण व्यवसायी महासंघ अधिवेशन सकियो, धादिङले पायो कोषाध्यक्ष र एक सदस्य

Avatar photo
Dhadingpost
चैत्र १, २०७७

धादिङ चैत्र १ । धादिङबेसीमा दुई दिन सम्म चलेको बागमती प्रदेश निर्माण व्यवसायी महासंघ अधिवेशनले सर्वसहतीमा नयाँ कार्यसमिति चयन गर्दै सकिएको छ ।

काठमाडौका सुमित श्रेष्ठको अध्यक्षतामा बनेको १६ सदस्यीय नयाँ कार्य समितिमा धादिङ जिल्लाले कोषाध्यक्ष र एक सदस्य पाएको छ । धादिङबाट कोषाध्यक्षमा उमेश रिजाल र सदस्य पदमा पदमबहादुर श्रेष्ठ चयन हुनु भएको कमल सिलवालले धादिङपोष्टलाई बताउनु भयो ।

नव निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा राजाराम न्हिसुतु भक्तपुर, उपाध्यक्षमा दिपेन्द्र थापा सिन्धुपाल्चोक, महासचिवमा राजकुमार बुढाथोकी काभ्रे, उप महासचिवमा भक्तबहादुर बस्नेत काठमाडौं, सचिव कृष्णकुमार केसी ललितपुर, कोषाध्यक्ष उमेश रिजाल धादिङ, सहकोषाध्यक्ष राजेश भेटवाल मकवानपुर र सदस्यहरुमा राजेन्द्र उप्रेती दोलखा, पदमबहादुर श्रेष्ठ धादिङ, श्रीमती लिलाकुमारी थापा सिन्धुली, श्रीमती हिरा लामा काभ्रे, इन्द्रबहादुर तामाङ रामेछाप, चन्द्रबहादुर वाईवा काठमाडौं, लामा रेन्जन घले रसुवा रहेका छन् ।