क्रान्तिकारी कम्युनिष्टहरुको फेरि एकता हुन्छ -मल्ल

Avatar photo
Dhadingpost
चैत्र १, २०७७

धादिङ चैत्र १ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पुष्प विक्रम मल्लले क्रान्तिकारी कम्युनिष्टहरुको फेरि एकता हुने बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन बेनीघाट रोराङले भेला तथा वनभोज कार्यक्रम सम्बोधन गर्दै नेता मल्लले सर्वोच्चले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई मागभन्दा बाहिर गएर बैधानिकता नदिएको बताउँदै अब फेरि क्रान्तिकारी कम्युनिष्टहरुको फेरि एकता हुने बताउनु भएको हो ।

कार्यक्रममा नेता राम बहादुर भण्डारीले हिजो जस्तो गुट र दलालहरुको भर्ति केन्द्र जस्तो देखिएको माओवादी केन्द्र आज जनताले स्वीकार्न मुस्किल पर्ने हुँदा पार्टी नेतृत्वले त्याग समपर्ण र बैचारिक रुपमा पोख्त नेताहरुलाई जिम्मेवारी दिएर पार्टीलाई शसक्त बनाउनु पर्ने सुझाव दिनु भएको थियो ।

हिजोको माओवादी केन्द्रको कार्यशैली पतनको बाटो उन्मुख थियो, अब नयाँ बन्नु पर्छ, जनताको आशा प्रचण्डको नेतृत्व र माओवादी केन्द्रनै हो तर नेता गुटबन्दी कार्यकर्ताको व्यक्तिगत आचरण परिवर्तन हुन आवश्यक रहेको भण्डारीले बताउनु भएको थियो ।

भेलाले नयाँ अध्यक्षमा ईश्वर बाबु रेग्मी, उपाध्यक्षमा दुर्गा त्रिपाठी, सचिव सुरेन्द्र श्रेष्ठ, कोषध्यक्ष क्षेत्र कुमार श्रेष्ठ सहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला नेता दिपा कडेंल, युवा संघ इन्चार्ज मिलन सिलवाल, तारा भण्डारी, दिपक लामिछाने, गाउँ कमिटी अध्यक्ष कृष्ण बहादुर थपलिया, शिक्षक संगठनका अध्यक्ष खिल बहादुर धमला, वरिष्ठ उपाध्यक्ष तिलक बहादुर चेपाङ लगायतको सहभागिता रहेको थियो ।