धादिङमा आज १६ सय ४२ जनाले लगाए कोरोना विरुद्ध खोप

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २८, २०७७

धादिङ फागुन २८ । धादिङ जिल्लामा आज (शुक्रबार) १६ सय ४२ जना जेष्ठ नागरिकहरुले कोरोना विरुद्धको खोप लगाएका छन् ।

आज कोरोना विरुद्धको खोप धुनीबेसी नगरपालिका ३ मा ३७४ जना, थाँक्रे गाउँपालिकामा ५ मा ३७८ जना, गल्छी गाउँपालिका ३ मा ३०७ जना, गजुरी गाउँपालिका ३ मा २७० जना र बेनीघाट रोराङ गाउँपालिकामा ३१३ जना गरी १६ सय ४२ जनाले लगाएका हुन् ।

जसमा महिला ७७६ जना र पुरुष ८६६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।