
धादिङ फागुन १८ । धादिङको गजुरी गाउँपालिका ५ पृथ्वी राजमार्ग स्थित घाटबेसिबाट प्रहरीले २७ किलो चार सय ग्राम गाँजा सहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक भोजराज पाण्डेको कमाण्डमा खटिएको टोलीले मंगलबार बिहान घाटवेशी बजारबाट राजकुमार चेपाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
गजुरी गाउँपालिका वडा नम्बर ४ घर भएका २३ वर्षिय राजकुमार चेपाङ पक्राउ परे सँगै, अन्य २ फरार रहेको गजुरी प्रहरीले जनाएको छ ।