सिद्धलेक मेलाका लागि साढें २ लाखमा इन्द्रेणी टिम ल्याईदै

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ११, २०७७

धादिङ फागुन ११ । धादिङको सिद्धलेक गाउँपालिका स्थित नलाङ र सलाङको सिमानामा पर्ने सिद्धलेक मन्दिर परिसरमा हरेक शिवरात्रीको दिन जात्रा लाग्ने गर्दछ । उक्त जात्राका लागि आयोजकले २ लाख ५० हजारमा इन्द्रेणी टिम सँग सम्झौंता गरेको छ ।

धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवका रुपमा यस वर्ष फागुन २७ गते शिवरात्री मनाउन लागिएकोले २ लाख ५० हजार खर्च गरी इन्द्रेणी टिम ल्याउन लागिएको आयोजक सिद्धलेक ढेवा डाँडा समाजले जनाएको छ ।