
धादिङ फागुन ११ । कानुनि रुपमा फुटको घोषणा हुन बाँकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले देशभर दुई कमिटीमा विभक्त देखिएका छन् ।
यहि शिलशिलामा ओली पक्ष नेकपा धादिङले केहि महिना अगाडी नै भुमी त्रिपाठीलाई जिल्ला अध्यक्ष बनाई सकेको छ भने प्रचण्ड नेपाल पक्ष नेकपा धादिङको अध्यक्षमा सोमबार शिवराज कडेल चयन हुनुभएको छ ।
जिल्ला इन्चार्ज र सचिव प्रचण्ड नेपाल समुहमै रहेकोले एथावत राखी अध्यक्ष मात्रै परिवर्तन गरिएको नेकपा स्रोतले जनाएको छ ।
