धादिङ फागुन १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवम् धादिङका इन्चार्ज शालिकराम जम्कट्टेलले प्रतिगमनका विरुद्ध आँधी आउने बताउनु भएको छ ।
२६ औ जनयुद्ध दिवस अवसरमा आयोजित नेपाल कम्युनिस्ट पार्टी गजुरी गाउॅपार्टी कमिटीको कार्यालय उदघाटन कार्यक्रममा नेता जम्कट्टेलले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम र प्रतिगमनको विरुद्ध जनता सडकमा उत्रिसके, अब यो आँधीबाट ओलीको कु धेरै दिन नलम्बिने दावी गर्नुभएको हो ।