धादिङ माघ २३ । धादिङबेसीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षले विशाल जन प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतीद्वारा प्रतिनिधिसभा विघटन विरुद्ध नेकपा धादिङ प्रचण्ड नेपाल पक्षले आज विशाल जनप्रदर्शन गरेको हो ।
धादिङबेसी पुछारबजारबाट हजारौंको संख्यामा नारा जुलुस सहित निस्किएको जुलुस धादिङबेसी बीचबजारमा पुगेर विरोध सभामा परिणत भएको थियो । उक्त विरोध सभालाई नि वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेकपा स्थायी कमिटीका सदस्य योगेश भट्टराईले सम्बोधन गर्नुभएको थियो ।