
धादिङबेसी माघ २२ । धादिङबेसीमा बिहान माईकिङ गरेर उद्योग व्यवसाय बन्द गरौं भन्दै हिडेका प्रचण्ड-नेपाल पक्षका नेता तथा कार्यकर्ताहरु दिउँसो भने सुगमटोल सडकमा बसेर बन्द गरि रहेका छन् ।
प्रधान मन्त्री केपी शर्मा ओली र राष्ट्रिपति विद्यादेवि भण्डारी मिलेर संसद विघटन गराएको आरोपमा आन्दोलित प्रचण्ड-नेपाल पक्षले आज भने संवैधानिक अंगहरुमा असंवैधानिक ढंगले प्रमुख एवम् पदाधिकारीहरुलाई नियुक्त गरेको विरोध गर्दै बन्दमा उत्रिएका हुन् ।
यो पनि
धादिङबेसीमा दोहोरो झडप दुई आन्दोलनकारी र दुई प्रहरी घाईते (यसरी भएको थियो घटना)
बन्दको पुर्व सन्ध्या बुधबार साँझ मशाल जुलुसमा प्रहरी र नेकपा कार्यकर्ता बीच झडप हुँदा दुई जना आन्दोलनकारी र दुई जना प्रहरी घाईते भएको घटनाले आजको बन्द मुठभेड पूर्ण हुन सक्ने धादिङबेसीका स्थाीयले स्थानीयले गरे पनि नत बन्द कर्ता ओरीपरि प्रहरी देखिएको छ नत बन्द कर्ताहरु नै ठुलो संख्यामा देखिएका छन् ।