धादिङ माघ २३ । प्रचण्ड-नेपाल पक्ष नेकपाले संवैधानिक निकायमा सिफारिस भएकाहरूलाई नियुक्त गरेको विरोधमा आज देशभर आमहड्ताल गरेको छ ।
धादिङबाट चल्ने सबै सार्वजनिक यातायातको टिकट काउण्टरहरु बन्द छन् भने यातायातको साधनहरु चलेका छैनन् ।
बन्दको पूर्व सन्ध्यामा बुधबार साँझ मसाल जुलुस प्रदर्शनमा प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा दुई आन्दोलनकारी र दुई प्रहरी घाईते भएका थिए ।