त्रिपुरासुन्दरीमा प्रचण्ड-नेपाल पक्षको युवा भेला सम्पन्न

Avatar photo
Dhadingpost
बुधबार, माघ २१, २०७७

धादिङ माघ २१ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा प्रचण्ड-नेपाल पक्ष नेकपाको युवा भेला सम्पन्न भएको छ ।

उक्त भेलालाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य पुष्प विक्रम मल्लले ओलीको प्रतिगमन, आन्दोलनको बलले मात्रै सच्चिने बताउनु भएको छ । ओलीले मनमा लाग्यो त्यहि गर्ने बानीले संविधान नै संकटमा परेको बताउँदै नेता पुष्प विक्रम मल्ले युवाहरुलाई आन्दोलनको अग्रभागको मोर्चा समाल्न निर्देशन दिनु भएको थियो ।

यस्तै विशेष अतिथि नेता गुरु वर्लाकोटीले माघ २२ गतेको नेपाल बन्द पूर्ण रुपमा सफल पार्न र २३ गते धादिङबेसीमा ओलीको प्रतिगमनका विरुद्ध हुने विशाल जन प्रदर्शनको तयारी गर्न निर्देशन दिनु भएको थियो ।

कार्यक्रममा नेताहरु रामबहादुर भण्डारी, शम्भुकुमार थापा, हरि अधिकारी आशिष, राष्ट्रिय युवा संघ नेपाल धादिङका यन्चार्ज चन्द्र बहादुर सिलवाल मिलन, केन्द्रिय सदस्य दिपक दुवाडी लगायतको आतिथ्यता रहेको थियो ।