धादिङमा अब कोरोना विरुद्धको १३४ खोप मात्र स्टक

Avatar photo
Dhadingpost
बुधबार, माघ २१, २०७७

धादिङ माघ २१ । जिल्ला स्वास्थ्य कार्यालयले धादिङ जिल्लामा आएको १३ सय ४० डोज कोरोना विरुद्धको खोप मध्य १२ सय ६ वटा खोप (Covi Shield Vaccine) लगाई सकिएको जनाएको छ ।

स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, शब ब्यबस्थापानमा खटिने सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयम् सेबिका, एम्बुलेन्स, शव–बाहन चालक, सरसफाई कर्मीलाई लगाईए र अब १३४ वटा मात्र खोप (Covi Shield Vaccine) स्टक रहेको र यो पनि छुटेका लक्षित वर्गहरुलाई मात्र लगाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।

हाल सम्म (Covi Shield Vaccine) धादिङमा ६२७ जना महिला र ५७९ जना महिलालाई यो खोप लगाईएको छ ।