
धादिङ माघ २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’ भन्दै केन्द्रिय सदस्यहरु विस्तार गर्नुभएको छ ।
गौतमले अभियानका लागि ५४ जिल्ला इन्चार्ज सँगै १६२ जना केन्द्रिय सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो ।
गौतमको यस अभियानका लागि धादिङ जिल्लाबाट ३ जना (डा. रामकुमार अधिकारी, उमेश थापा र शिव सापकोटा) लाई केन्द्रिय सदस्य चयन भएका छन् । जसको डा. रामकुमार अधिकारीलाई इन्चार्जको जिम्मेवारी दिईएको छ ।
डा. रामकुमार अधिकारी प्रदेश सांसद हुनुहुन्छ भने, थापा मदभण्डारी फाउण्डेसन धादिङका अध्यक्ष र सापकोटा प्रकृति मानव केन्द्रित जन अभियान धादिङ संयोजक हुनुहुन्छ ।
अधिकारी र थापा तात्कालिन एमाले विभाजन हुँदा वामदेव गौतमले नेतृत्व गर्नुभएको मालेमा हुनुभएको थियो भने, पछि पार्टी एकता हुँदा पुनः एमालेमै आवद्ध हुनुहुन्थ्यो ।