धादिङका बाल विकासका शिक्षकहरु आन्दोलित

Avatar photo
Dhadingpost
सोमवार, माघ १९, २०७७

धादिङ माघ १९ । धादिङ जिल्लाका बाल विकास शिक्षकहरुले शिक्षा विकास तथा समन्वय ईकाइ धादिङमा विभिन्न माग राखेर ज्ञापनपत्र बुझाइएका छन् ।

बालविकास शिक्षक संघर्ष समिति धादिङले आइतबार धादिङबेसिमा र्याली सहित शिक्षा विकास तथा समन्वय ईकाइ धादिङलाई विभिन्न माग राखेर ज्ञापनपत्र बुझाइएका हुन् ।

पेशागत हिसाबले सबैभन्दा पिडित शिक्षकको रुपमा बालविकास शिक्षक भएको बालविकास शिक्षक संघर्ष समिति धादिङकी शोभा अधिकारीले धादिङपोष्टलाई बताउनु भयो ।

बालविकासका शिक्षकहरुले सम्बन्धीत स्थानीय तहहरुमा ज्ञापनपत्र मार्फत पीडाहरु पोख्दा कुनै सुनुवाई नभएपछि शिक्षा विकास तथा समन्वय इकाई धादिङमा ज्ञापन पत्र बुझाउन बाध्य भएको अधिकारीले बताउनु भयो ।

धादिङबेसी पुछार बजारबाट सुरु भएको ज्ञापन पत्र बुझाउनु पूर्वको र्यालीमा, बालविकास शिक्षकहरुले दरबन्दीमा कायम गर, हाम्रो माग पुरा गर, ६ हजार तलब चाहिँदैन, सके तलब वृद्धि गरियोस्, नसके कोटा खारेज गरियोस् भन्दै, नारा लगाएका थिए ।