धादिङ माघ १८ । धादिङबाट काठमाडौंमा रहि विभिन्न पेशा व्यवसाय गर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपा कार्यकर्ताहरु संगठित धादिङ काठमाडौ सम्पर्क मञ्च ओली पक्षको भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।
परराष्ट्र मन्त्री एवं पार्टीको प्रवक्ता प्रदिप ज्ञवलीको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त भेला तथा प्रशिक्षण रियल बेङ्क्युट बाफलमा शनिबार सम्पन्न भएको हो ।
भेलालाई केन्द्रीय सदस्य एवं धादिङ नेकपाको अध्यक्ष भुमी त्रिपाठी, चन्द्र रिजाल, जगन्नाथ नेपाल, युवा नेता रमेश आचार्य लगायतले सम्बोधन गरेका थिए ।