धादिङपाेष्टकाे पहलमा बुद्धि विकास आविका विद्यार्थीलाई सहयाेग

Avatar photo
Dhadingpost
माघ १६, २०७७

धादिङ माघ १६ । धादिङको बुद्धि विकास आविमा अध्ययनरत बालबालिकाहरुलाई ट्रयाकसुट, स्टेशनरि तथा खेलकुदका सामाग्री वितरण गरिएको छ । शुक्रबार धादिङपोष्टको आयोजना बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदीमा रहेको बुद्धि विकास आविमा अध्ययनरत ५२ जना टुहुरा बालबालिकाहरुलाई ट्रयाकसुट, स्टेशनरि र खेलकुदका सामाग्री वितरण तथास्वास्थ्य शिविर सम्पन्न भएको हो । देश तथा बिदेशमा रहनुभएका १७ जना समाजसेवीहरुले रकम संकलन गरी कुल ८६ हजार रुपैयाँ बराबरको ट्रयाक सुट, स्टेशनरी र खेलकुद सामाग्री वितरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटिले गुणस्तरीय शिक्षाको बिकासको लागि गाउँपालिकाले विशेष सहयोग गर्ने बताउनु भएको छ । धादिङपोष्टले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै डल्लाकोटिले भोलिका दिनमा सहयोग आदान प्रदान गरिने बताउनुभयो ।
धादिङपोष्टका प्रधान सम्पादक नारायण सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रममा गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटिको प्रमुख आतिथ्य रहेको थियो । बिधालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ७ का वडाध्यक्ष हिरालाल थपलियाको बिशेष आतिथ्य रहेको कार्यक्रममा बिधालयका प्रअ कृष्णराज सिलवाल, समाजसेवि दिपेश कँडेल लगाएतको आतिथ्य रहेको थियो ।
यसैगरी बिर अस्पतालमा कार्यरत न्युरोसर्जन डा.निलम कुमार खड्का र जनरल फिजिसियन तथा धादिङ स्वास्थ्य समाजका महासचिव डा.राम थापा क्षेत्रीले बिधार्थीहरुको स्वास्थ परिक्षण गरी आवश्यक औषधी र स्वास्थ्य सामग्री बितरण गरिएको थियो । ट्रयाकसुट, स्टेशनरि र खेलकुदका सामाग्री वितरण एवम् स्वास्थ्य शिविर सम्पन्न गर्न सहयाेग गर्नुहुने व्यक्तिहरु : १. राजन खकुराल लण्डन, Rs.5000 (प्राप्त हुन बाँकी)
२. चराैदी स्थित राइजिङ स्टार बाेर्डिङ , Rs.5000
३. Milan Silwal, Rs.5000
४. Maniraj gurunng, Rs.2000
५. Uttam Bhatta, Rs.5000
६. Badri P. Khatiwada, Rs.5000

  1. Yadu Gautam
    नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष २ हजार
  2. लाेक दाहाल, बेल्जियम Rs.10,000
  3. CB Lama लण्डनबाट Rs.2500
    10.Yamuna Gurung,
    मनोसामाजिक मनोबिमर्शकर्ता Rs.5005
    11.Girija Adhikari,
    पत्रकार महासंघ बागमती प्रदेश सल्लहकार Rs.3000
  4. दिनेश श्रेष्ठ,
    श्रेष्ठ स्टिल एनड आल्मोनियम सप्लार्स Rs.5005
  5. binod dhakal,
    Shree Ratna Engineering Consultancy Rs.5005
  6. उज्वल श्रेष्ठ Rs.5000
  7. Kumar Basnet Benighat Rs.2000
  8. दिनेश लाेहनी जापान Rs.3000
  9. Hari Dallakoti, Rs.15,000
  10. सुशिला रिजालबाट हाेलिस्टिक हेल्थकाे रू.5200 बराबरकाे हाेलिष्टक टुथ्पेष्ट सहयाेग
    स्वास्थ्य शिविरका लागि सहयोग
    धादिङ स्वास्थ्य समाज र डा. रामथापा क्षेत्री र डा. निलम कुमार खड्का