धादिङका बद्री नेपाल, टुरिष्ट गाईड एशोसिएसनको अध्यक्षमा चयन

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १३, २०७७

धादिङ माघ १३ । धादिङ नीलकण्ठ नगरपालिका बसाह निवासी बद्री नेपाल टुरिष्ट गाईड एशोसिएसन आफ नेपाल (टुर्गान) को अध्यक्ष पदमा चयन हुनुभएको छ ।

आईतबार काठमाडौंमा सम्पन्न टुर्गानको २७ औं वार्षिक साधारण सभा यस अघि महासचिव रहनु भएका नेपाल अध्यक्ष पदमा चयन हुनुभएको हो ।

साधारण सभाले कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा थानेश्वर देवकोटा, प्रथम उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग, द्वितिय उपाध्यक्षमा शुकदेव सिग्देल, महासचिवमा कुमारी पुरी, सचिवमा अजय कुमार दाहाल र कोषाध्यक्षमा राजेन्द्र मानन्धर चयन गरेको छ ।

यस्तै कार्यसमिति सदस्यहरुमा दीपक गिरी, कृष्ण खरेल, माधव राज श्रेष्ठ, नारायण बुढाथोकी, रेहित कुमार फुँयाल र टंक प्रसाद दुवाडी चयन भएका छन् ।