
धादिङ माघ १२ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ५ स्थित पृथ्वी राजमार्गको बाँदरेमोडमा बोलेरोले ठक्कर दिँदा मोटर साईकललाई ठक्कर खाँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितवनबाट काठमाडौ तर्फ आउँदै गरेको प्रदेश ० ३० १००३ क ५३२५ नम्बरको बोलेरोले बिपरित दिशाबाट मुग्लिङ तर्फ जाँदै गरेको बा ८४ प १५७१ नम्बरको मोटरसाइकलले दिउँसो ३ बजे ठक्कर दिँदा मोटर साईकलको पछाडी सवार काठमाडौ गुर्जुधारा बस्ने पुजन खड्काको मृत्यु भएको प्रहरीलाई उदृढ गर्दै रामचन्द्र थापाले जानकारी दिनु भयो
