
धादिङ माघ १२ । धादिङबेसीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओलि पक्षले जनप्रतिनीधिहरुको भेला सम्पन्न गरेको छ । धादिङमा १३ वटा पालिका मध्य नेकपाले ९ वटा पालिका र काँग्रेस ३ र राप्रपाले १ वटा पालिका प्रमुखमा जित हासिल गरेका थिए । जस मध्य ५ वटा पालिकाका प्रमुखहरु ओली पक्षका छन् ।
विघटित प्रतिनीधि सभाका सांसद भुमी त्रिपाठीको अध्यक्षतामा सम्पन्न, उक्त भेलाको प्रमुख आतिथ्यता जिल्ला समन्वय समिति धादिङका प्रमुख जगननाथ नेपालको रहेको थियो ।
धादिङमा ओली पक्ष नेकपा नीकटका जनप्रतिनीधि
- खेम प्रसाद लोहनी, विघटित प्रतिनीधि सभा सदस्य
- भुमि त्रिपाठी, विघटित प्रतिनीधि सभा सदस्य
- प्रेमनाथ सिलवाल, प्रमुख सिद्धलेक गाउँपालिका
- कमला शर्मा, उप-प्रमुख सिद्धलेक गाउँपालिका
- राजेन्द्र बिक्रम बस्नेत, प्रमुख गजुरी गाउँपालिका
- दुर्गा कुमार शाक्य, प्रमुख नेत्रावती डब्जोङ गाउँपालिका
- बल बहादुर अधिकारी, प्रमुख गंगाजमुना गाउँपालिका
- एन्जिला तामाङ, उप-प्रमुख गंगाजमुना गाउँपालिका
- रामकुमार आचार्य, प्रमुख थाक्रे गाउँपालिका
- अम्बिका रुपाखेती, उप-प्रमुख थाक्रे गाउँपालिका
- राधा तिमल्सिना, उप-प्रमुख गल्छी गाउँपालिका
- जानुका सिंखडा, उप-प्रमुख ज्वालामुखी गाउँपालिका
