किन होला रुनु न हास्नुको मलाइ पारी रन्छ,
टिकाइ राख्दैन केहि छिन छिनमा सारी रन्छ ।
एउटा अनुहार छ घरमा रोएको हेर्न चाहादैन,
अर्को अनुहार छ मन्दिरमा रोएन भनी पछारी रन्छ ।
म फुले देखि उस्को नजर पर्न थालेको हो,
पाकेकी छैन अमिलि छु तै पनि झारी रन्छ ।
आफ्ना भनिनेहरु काडा जस्तै हुन साहेब,
छाला नभेटिए पनि कपडा कोतारी रन्छ ।
कस्ले धेरै माया गर्छ?खेल खेलाएर,
जानी जानी यो मन हजुर सङ हारी रन्छ ।
