
धादिङ माघ ११ । धादिङको नीलकण्ठ नगरपालिकाको विभिन्न वडा बाट १३२ जना नेकपा कार्यकर्ताहरु काँग्रेसमा प्रवेस गरेका छन् ।
नीलकण्ठ नगरपालिका वडा नम्बर २ सिम्ले चिसापानीबाट धिरज गुरुङ र शन्त ब. गुरुङको नेतृत्वमा ७० जना, वडा नं.१ जामुनेबाट बाबुकृष्ण मगरको नेतृत्वमा ११ जना वडा नं. ७ बाट तिलक श्रेष्ठ र गोपिकृण कोइरालाको नेतृत्वमा ५२ जनागरी एकै दिन शनिबार १३३ नेकपा कार्यकर्ताहरु काँग्रेसमा प्रवेस गरेका नेपाली काँग्रेस धादिङले जनाएको छ ।
