पाठ्यक्रम निर्माण गर्न, बेनीघाट रोराङको छलफल तथा अन्तरक्रिया

Avatar photo
Dhadingpost
बुधबार, माघ ७, २०७७

धादिङ माघ ७ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माणका लागि प्रारम्भिक छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा उप प्रमुख देवी प्रसाद सिलवाल वडा अध्यक्ष रोशन कुमार सिलवाल, कार्यालयका योजना शाखा प्रमुख, प्रशासन शाखा प्रमुख, शिक्षा शाखाका प्रास लगायत शिक्षक संघ संगठनका प्रमुख एवम माबि बिद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

छलफलले Need collection का लागि प्रश्नावली फारम तयतयार गर्दै, प्रत्येक वडामा गई वडा अध्यक्ष सहित वडा समिति (जनप्रतिनिधि), SMC,PTA, प्रअ, शिक्षक, अभिभावक, शिक्षा प्रेमी, बुद्दिजिबि, बिद्यार्थीहरूको उपस्थिति र छलफल अन्तरक्रिया Need collection गर्न जिम्मेवारी बाडफाड गरेको शिक्षा शाखाका प्रमुख बोधराज पाठकले धादिङपोष्टलाई बताउनु भयो ।

स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक भुवन त्रिपाठीको अध्यक्षतामा सम्पन्न सो छलफल तथा अन्तरक्रिया गाउँपालिकाका प्रमुख पित्त बहादुर डल्लाकोटी (हरि) को प्रमुख आतिथ्यता रहेको थियो ।