धादिङबेसीमा जसपाद्वारा प्रदर्शन

Avatar photo
Dhadingpost
बुधबार, माघ ७, २०७७

धादिङ माघ ७ । जनता समाजबादी पार्टी धादिङले धादिङबेसीमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा असंवैधानिक कदमबाट प्रतिनीधि सभा विघटन गराएको भन्दै सदरमुकाममा प्रदर्शन गरेको छ ।

केपी ओली विरुद्ध चर्को नारा सहित पुछारबजारबाट निस्किएको जसपा धादिङको र्याली क्याम्पस चोक पुगेर कोण सभामा परिणत भएको थियो । र्यालीमा केन्द्रीय सदस्यहरु राजेन्द्र केसी, बीर बहादुर तामाङ, राम घले र सृजना रिजाल लगायतको सहभागिता रहेको जिल्ला अध्यक्ष राम ढकालले धादिङपोष्टलाई बताउनु भयो ।