गजल

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २१, २०७७

म रम्छु आज प्रेममा, मसङ्ग काव्य छन्द छ
म देख्न खोज्छु हर्षले, र घुम्न आज बन्द छ

विहान बेलुकी हुँदो, म यादमा डुबी रहें
म भुल्न सक्छु के गरी, र सम्झना बुलन्द छ

दशैं तिहार गै गए, सदैव मार्ग पर्खिएँ
मनै रुदो भयो यहाँ, सहेर मास गन्दछ

हिमाल घुम्न जाउँला, भनेर भन्दथ्यौ तिमी
समुद्र पार गै गयौ, र आज चाह मन्द छ

नभाँचिने मनै थियो, र भाँचियो कसो गरी
छ कल्पना मनैभरी, र झट्ट आउ भन्दछ
(छन्द :पञ्चचामर )
(बहर : हजज मुसम्मन मकबुज )

नवराज न्यौपाने “मौन”