जाने हाेइन त, मनै लोभ्याउने रुबीभ्याली (तस्वीरहरू)

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २६, २०७७

धादिङ । धादिङको रुबीभ्याली पर्यटकका लागि नयाँ गन्तव्य मानिन्छ । कोभिड–१९ को महामारीका कारण पर्यटन व्यवसाय लामो समयदेखि ठप्प छ ।

ठप्प बनेको पर्यटनलाई पुनः नयाँ गति दिन २२ मंसिरदेखि २४ सम्म रुबीभ्याली फार्म ट्रिपको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड र विभिन्न पर्यटन संघसंस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी र पत्रकारहरू यो यात्रामा सहभागी भए ।

काठमाडौंबाट सबैभन्दा छोटो ट्रेकिङ रुटको रूपमा रहेको यो क्षेत्रको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।

रेडपाण्डासहित लोपोन्मुख वन्यजन्तु, हिमाल, ताल, मनोरम बस्ती, नदी, सबैभन्दा सानो गुराँस सुनपातेसहित १४ प्रकारका लालीगुराँसका दृश्यावलोकन यहाँबाट गर्न सकिन्छ । दुर्लभ बहुमूल्य पत्थर रुबी पाइने भएकाले यहाँको नाम पनि रुबीभ्याली नामकरण गरिएको हो ।

यहाँ ५ सय वर्ष पुराना बौद्ध गुम्बाहरू, ३ सय वर्ष पुराना ऐतिहासिक मठमन्दिरहरूसहित मेन्हदोमाया लोकसंस्कृति, झाँक्रीनाच, लामा नाच, घोडानाचजस्ता परम्परा पनि पर्यटकका लागि विशेष रुचिकर हुन सक्छन् ।

(रुबीभ्याली अध्ययन तथा अवलोकन भ्रमण सकेर फर्किए सँगै फोटो पत्रकार सुशिल श्रेष्ठले खिच्नु भएको यी तस्वीहरु हामीले शिलापत्रबाट साभार गरेका हौं ।)