बेनीघाट रोराङको चैलिङ मनकामनामा पर्यटकहरु आउन थाले

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर ४, २०७७

धादिङ मंसिर ४ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चैलिक मन्दिरमा पर्यटकहरु आउन थालेका छन् ।

स्थानीय समुदायको देउसी खेलेको र चन्दा सङ्कलन गरि ६ लाख र गाउँपालिकाबाट १५ लाख गरी २१ लाख खर्च गरि मन्दिर सम्म पुग्न सिढी बनाईए सँगै मन्दिरमा पर्यटकहरुको अकर्षण चैलिङ मनकामनाको मन्दिर बन्न थालेको छ ।

यस मन्दिरको पौराणिक पक्ष
चैलिक मनकामना मन्दिरको इतिहास हेर्दा गोरखा मनकामना मन्दिरमा पुजाको लागि जान नसक्दा त्यही मन्दिर भएको ठाउँबाट दिशा पारी पूजा-आराधना गरी बलि चढाउने गरिन्थ्यो र पछि यहि स्थानमा चैलिक मनकामना मन्दिर बनाईएको स्थानीय लालबहादुर श्रेष्ठ बताउँछन् । मन्दिरमा बैशाख १ गतेको दिन ठूलो मेला लाग्ने गर्दछ । यस मन्दिरमा दर्शन गर्नाले मनोकामना पूरा हुने ठूलो विश्वास गरिन्छ ।

कहाँ पर्छ यो मन्दिर
यो मन्दिर धादिङको बेनीघाट रोराङ वडा नम्बर ८ को चैलिङ डाँडोमा पर्छ । पृथ्वी लोकमार्गको खटौटीबाट आधा घाण्टाको मोटर बाटो हिडेपछि यस मन्दिरमा पुग्न सकिन्छ ।

आर्षण
यस मन्दिर परिसरबाट प्राकृतिक हिसाबले पनि निकै रमाइलो र सुन्दर देष्यावलोकन गर्न सकिन्छ । पर्यटकहरु यहाँबाट सुन्दर दृष्यावलोकन गर्न सकिने हुँदा आउने क्रम बढेको गाउँपालिकाका सल्लाहकार मणिराज गुरुङ बताउनँछन् ।

यहाँबाट हिमशृङ्खला देखि पहाडी भाग र महाभारतको चुरे पर्वत नजिकबाट निगाल्न सकिन्छ । एसियाको ठूलो गुफा नूह गुफा जाने बाटोमा यो मन्दिरपर्ने भएकोले पनि यो मन्दिरमा पर्यटकहरु बढ्न थालेको गुरुङ बताउँ छन् ।