धादिङ मंसिर १ । धादिङका कोरोना भाईरस संक्रमितको संख्या १३ सय ४ जना पुगेको छ । जसमा ४ जना आज भाइटिको दिन थपिएका हुन् ।
आज थपिएका कोरोना संक्रमितहरुमा नीलकण्ठ नगरपालिका, रुबीभ्याली खनियाबास र सिद्धलेक गाउँपालिकामा १-१ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
हाल सम्म धादिङमा पुष्टि भएका कोरोना संक्रमित मध्य ११ सय ८ जना निको भएर घर फर्कि सकेका छन् भने १४ जनाको मृत्यु भएको छ ।
धादिङमा कोरोनाका कारण मृत्यु हुनेमा नीलकण्ठ नगरपालिकामा ६ जना, गजुरी गाउँपालिका र त्रीपुरासुन्दरी गाउँपालिकामा २-२ जना र सिद्धलेक, नेत्रावती डब्जोङ, गंगाजमुना, बेनीघाट रोराङ गाउँपालिकामा १-१ जना रहेका छन् ।