धादिङ कार्तिक १३ । धादिङको रुबीभ्याली गाउँपालिकाका कुलबहादुर गुरुङ अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको व्यवस्थापन समिति सदस्यमा निर्वाचित हुनुभएको छ ।
नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव समेत रहनुहुने पर्यटन व्यवसायी गुरुङ चार वर्षे कार्यकालका लागि इन्टरनेशनल क्लाइम्बिङ एण्ड माउन्टेनियरिङ फेडरेशन (यूआईएए) को म्यानेजमेन्ट कमिटीको सदस्यमा निर्वाचित हुनुभएको हो ।
सन् १९३२ मा स्थापना भएको यूआईएए पर्वतरोहण र पर्वतीय समुदायको विकासमा काम गर्दै आएको एक मात्र अन्तर्राष्ट्रिय महासंघ हो । गुरुङ यूआईएएको सचिवालय सदस्यमा निर्वाचित हुनु नेपाली पर्वतीय पर्यटनको लागि महत्वपूर्ण अवसरको रुपमा हेरिएको छ ।