बाहुन !

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज ३०, २०७७

बाहुन बाहुन !
अछुत बाहुन
छुद्र बाहुन ।
क्रुर बाहुन ।
जता जाउ बाहुन सरकार !
हत्या, हिंशा, बलात्कार,
लुटपाट,चोरी, भ्रष्टाचार,
तस्करी र कालोबजार ।
बिकास गर्न भन्दै देशमा
जताभावी विध्वंस गर्ने
ति सबै बाहुन ।
देवता संग बदला लिन
दानवसंग साठगाठ
गर्नेहरु बाहुन ।
हेर त देव भक्त मानवहरुलाई !
ति सबै महामानव !
बाहुनहरु पो भए दानव !
हे महामानब हो !
जाड भाङ खाएर
बाहुनलाई गालि गर्दै
लडिरहन्छौ कि !
देश लुट्दै, खोक्रो बनाउने
जुन हो त्यो बाहुन
त्यसैलाई झुन्डिइदिन्छौ !
समाज होस कि सामाजिक संजाल
बाहुनलाई गाली गर्नेहरु !
कि मेरो गल्ती देखाइदेउ
कि बाउनबाट मलाई छुटाईदेउ ।
कि मलाई बाहुनबाट छुटाईदेउ ।

असोज/३०/२०७७