
कुलत रक्सीको थियो र त मायाज बारमा छु
नशा चढेपछी यस्तै लाग्छ पुरै संसारमा म छु ।
प्रिया तिमीले दिएको गुलाफ सुकेर जान हुन्न
फ्रेममा सजाँउ कि अर्को किनम् बजारमा म छु ।
एक्कासि आएर चुम्बन खायौं केही नबोली गयाै
माया देखायौकि खेलौना ठानेउ दोधारमा म छु ।।
भेट्न मुस्किल रहला कुर्न समय पनि नहोला,
मेरो पखाई थिएनौं तिमी तिम्रो हतारमा म छु ।।
अफसोच तिमीलाई पनि कहिल्यै लाग्दैन होला ,
मेरो रोजाईमा थियौ तिमी तिम्रो आकारमा म छु ।।।