धादिङमा आज ५ थपिए सँगै संक्रमितको संख्या ३८५ पुग्यो

Avatar photo
Dhadingpost
सोमवार, अशोज ५, २०७७

धादिङ असोज ५ । धादिङमा आज (सोमबार) ५ जनालाई कोरोनासंक्रमण भएको पुष्टि भएको छ । यो सँगै धादिङमा संक्रमितको संख्या ३८५ जना पुगेको छ ।

आज संक्रमण पुष्टि हुनेमा सिद्धलेक गाउँपालिका १ का २८ वर्षिय महिला, गंगाजमुना गाउँपालिका ५ का १८ वर्षिय पुरुष, गंगाजमुना वडा नम्बर सातका २८ वर्षिय पुरुष, त्रिपुरासुन्दरी गाउँपालिका २ का ३१ वार्षिय महिला र गजुरी गाउँपालिका २ का ४३ वर्षिय महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

धादिङमा अहिले सम्मको संक्रमितहरु मध्यबाट २ जनाको मृत्यु भएको छ भने २५९ जना निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।