सांसद जगत सिंखडाको अक्रोस, सरकार अब त अति भयो

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २३, २०७७

धादिङ भाद्र २३ । धादिङका बागमती प्रदेश सांसद तथा अखिल नेपाल ट्रेडयुनियन महासंघका अध्यक्ष जगत सिंखडाले सरकार विरुद्ध आक्रोस व्यक्त गर्नुभएको छ ।

मंगलबार बिहानै आफ्नो फेसबुक माफै सांसद सिंखडाले श्रमिकहरु भोको पेट र अन्धकार भविष्यको सन्त्राससहित शासकविरुद्ध घृणा ओकल्न सडकमा आउँने दिन आउन सक्ने बताउँदै सरकार विरुद्ध आक्रोस व्यक्त गनु भएको हो ।

संसाद सिंखडा फेसबुकमा लेख्नु हुन्छ, सरकार अब त अति भयो । नाम्लो कम्मरमा कसेर सडकमा बसेर भोकै रुँदै हिंडिरहेका भारी बोक्ने मजदुरहरुको वेदना कहिले सुन्ने हो ? भारी बोकेर छाक टार्नेलाई रोगबाट मर्नभन्दा भोकबाट मर्न धेरै गाह्रो हुँदो रहेछ ।

तत्काल गाँस, बासको व्यवस्था गर । देसका सबै पार्टी र नेतालाई सिंहदरबार र बालुवाटारमा श्रमिक, किसानहरुको मतले नै पुर्‍याएको हो । अन्यथा सडकमा आउन बाध्य हुने अबस्था सृजना हुनेछ । जब श्रमिकहरु भोको पेट र अन्धकार भविष्यको सन्त्राससहित शासकविरुद्ध घृणा ओकल्न सडकमा आउँने दिन आउन सक्छ बेलैमा चेतनाभया ।