रसुवा धुन्चेको महिमा र घले राजाको उत्पति पुग्नै पर्ने ठाउँ

Avatar photo
Dhadingpost
सोमवार, भदौ २२, २०७७

सरस्वती न्यौपाने,
रसुवा ।
जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चेको महिमा र घले राजाको उत्पति आफैमा रोमान्चकारी रहेकाले एकपटक जान्नैे पर्ने इतिहास बोकेको छ ।

धुन्चेको पुरानो नाम दुङलाङ हो दुङलाङको अर्थ शंख ठडिएको ठाउँ भन्ने बुझिन्छ । परापुर्व कालमा गोरखाको बारपाकमा एक जना घले राजा (ग्याल्वो) थिए राजा बौद्ध राजाको धेरै छोराहरु थिए । ति राजा आफ्ना छोराहरुलाई कुनै उपयुक्त स्थान खोजेर पठाउन चाहन्थे ।

छोराहरु मध्ये एक जना लाई बोलाएर भनेछन् । म मन्त्र गरेर यो शंखलाई यहाँबाट फाल्छुृ यसलाई खोज्दै जानु र जहाँ शंख फेला पर्छ तिमी त्यही ठाउँको राजा भएर राज्य चलाउनु त्यसपछि घले राजाले मन्त्र गरेर शंख त्यहाँ बाट उडाइदिए आकाशमा उड्यो ।

राजाका छोरा ठिसुम देप्के घले आफ्नो बाबुले फालेको शंख खोज्दै बारपाकबाट धादिङको तिम्लिङ हुँदै हालको धुन्चे पछाडीको ब्राबल अइपुग्दा अल्को भिरको टुप्पोमा आकाश तर्फ ठडिएर बसेको अवस्थामा शंख फेला परेको हुनाले भिरको नाम पनि दुङलाङमो राखियो ।

विस्तारै दुङलाङमोबाट दुङलाङ नाम रहन गएको हो । ठिसुम देप्केले शंख पाएपछि आफुलाई राजा घोषणा गरेर गोङगाङ भन्ने स्थानमा दरबार बनाएर थोक्रा बंशका तामाङलाई काजि पद दिए तितुङ वंशका तामाङले बोम्बो र झाक्री भएर काम गर्न थाले राजा ठिसुम देप्के घले पछि उनको सन्तानहरु ले गोङगाङ दरवारमा लामो समय शासन चलाए । यो दरबार सडक निर्माण गर्दा असावधानिका कारण दरवारको भग्नवाशेष प्रष्ट छैन यो दरवार कृषि बागबानी फार्म र चरन विकास जाने पासाङ ल्हामु राजमार्गमा पर्छ यस दरवार माथि छुर्तेन निर्माण गरिएको छ ।

दुङलाङ शब्द अहिले पनि टिबेट (चाइना) को केरुङ जोङखा र ल्हासा सम्म चिनिन्छ । धुन्चे बजारमा दुई किसिमका घलेहरु को बसोबास रहेको छ । बोङजो घले र ग्याल्दाङ घले छन् । घले मुख्यत चार प्रकारका सामरी घले, रिल्दी घले ग्याल्दाङ घले, डागे घले हुन जुन ४ किसिम भित्र पनि धेरै घले भित्रको बोङजो घले र ग्याल्दाङ घले हरु ले रागो भैसी गाई बङगुर सुङगुर लसुन ध्यापी, केही पनि खादैनन । बोङजो घलेको दरवार दुई हजार वर्ष भन्दा पुरानो जोङचेत भन्ने ठाउँमा रहेको छ ।

दरबारको भग्नावशेषहरु अझै सुरक्षित छन् । दरवार ढुङ्गाको ओडार सङगै टासीएको छ । यो दरवार ग्याल्दाङ घलेहरुको पराजय पश्चात जिर्ण भएको थियो । यो दरवार गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ को कार्यालयले दरवार संरक्षण गरेको छ ।

बोङजो घले गोल्जुङ र गतलाङ विचको माथिल्लो बोङजो लेक र बोङजो ल्हा) नै भनिन्छ कसैले चाही बोङजो घलेले उत्पतिस्थल भार्खु गाउँको याङकार जोङ क्षेत्रलाई मानिन्छ । जोङ दरवारका राजा भार्खु गाउँको याङकारजोङ दरवारका राजा पाल्देन छिरिङ घलेका छोरा हुन ।

याङकारजोङ दरवारमा शत्रुहरुले छोरा हालेपछि सानो बालक छोरालाई धुन्चे माइती भएकी राजाकी आमा तथा बालकको हजुरआमा र माम दुङधेनस्या ले काठको बाकस भित्र भेडाको उनले गुटमुटाएर लुकाई बालकलाई बचाएकी थिईन । तिनै बालकले ठुृलो भए पछि धुन्चेको जोङचेतमा दरवार बनाएर बसेको कुरा बढापाखाहरु बताउछन् ।

अहिले यि दरवारहरुको इतिहास थोरै मासिहरु लाई मात्र थाहा छ इतिहास मर्न नदिनको लागी धुन्चे बजार मा नै सङख पार्क निर्माण गरिएको छ । रेडपाण्डा पार्क बनाइएको छ । दुख लाग्दो कुरा चाही बाउबाजेले बनाएका एक माने छ मानेहरुको भने वास्ता गरिएको देखिदैनन ।

आस्था र संस्कृतिको धरोहर मासिदै छन भने कुनै, कुनै लाई जिवन्त राख्न प्रयास भएका छन् । तर खोजी र अुनसन्धान गर्न जरुरी छ । धुन्चे गाउँ वरपर रहेका मानि छुर्तेन लागायतका पुरातात्विक तामाङ संस्कृतिको खोजी गरि जिवन्त राख्न कम्मर कस्न जरुरी छ ।

यस्तै धुन्चे गाउँमा नयाँ बोन्पोहरु थपिएका बोम्पो धर्मको सुरुवात पनि सृष्टि सँग सँगै भएको मानिन्छ गत महिना धुन्चे गाउँले नयाँ बोन्पो (झक्री) हरु पाएका छन् उनीहरु २१ दिन सम्म जङगलमा गुफा वसे र अरु धुन्चेकै केही युवाहरु लामा बन्नका लागी गुफा बसिरहेका छन् ।

विशुद्ध तामाङ संस्कृति बोकेको धुन्चे आफ्नै संस्कृति रहेको छ । आफ्नो परम्परालाई जिवन्त राख्नको लागी पुरानो कुराहरु खोजी गर्नु आवश्यक रहेको छ । यस्तै रहन सहन भेषभुषा आफ्नै भाषा धर्मका कारण मानवको अस्तित्व जिवित रहेको छ । युग जति नै परिवर्तन भए पनि आफ्नो संस्कृतिलाई मास्न दिनु हुँदैन ।

नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ भन्नु हुन्छ घले राजाले शासन गर्दा तितुङहरुलाई मार्नको लागी रक्सीमा विष हालेर दिएकाले धेरै मरे एक जना तितुङ चाहि रक्सी खाए जस्तो गरेर मरेको नाटक गरेर घले राजाले न थाहा पाउने गरि भागेछन् । पछि पुजा पाठ गर्नलाई एक जना तितुङ नभइ भएन त्यस पछि त्यस मानिसलाई जसरी पनि खोजेर ल्याउन पर्ने भयो ।

त्यस बाचेको मानिसलाई खोजेर ल्याएर पुजा पाठ गर्न लगाएपछि गाउँमा फैलिएको महामारी ठिक भयो त्यसपछि थोक्रा र तितुङहरुले जाड खसी खान छाडे हामीलाई मार्छन हाम्रो बश मासिन्छ भनेर थोक्रा काजी र तितुङ पण्डितहरु को धुन्चे बजार रेडक्रस भवन पछाडी कुल देवताको मन्दिर छ त्यहाँ उनीहरु ले केही आपत विपत परेमा पुजा आजा गर्दछन ।

आजको युगमा अहिलेका पुस्ताहरुलाई कथा जस्तो लाग्छ । यो भ्रूम मात्र हो जस्तो लाग्छ तर बास्तवमा हाम्रो रहन सहन धर्म संस्कार ले नै हामी लाई मानव हुन सिकाएको छ । पुर्खाको धरोहर हामीले त देख्न पाएको छौ र अबका शन्ततीका लागी हामी सबैले संरक्षण गर्न जरुरी छ । यो खवर नेपाल समाचारपत्रबाट साभार गरिएको हो ।