
धादिङ भाद्र १२ । धादिङ कोरोना भाईरस संक्रमणको उच्च जोखिममा पर्छ । धादिङमा पनि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका झनै उच्च जोखिममा परेको छ ।
शुक्रबार मात्र धादिङ १६ जना कोरोना भाईरस संक्रमित थपिए जसमा त्रिपुरासुन्दरीबाट मात्रै १० जना रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
आज संक्रमित पुष्टि हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का ४ वर्षिय बालक सहित २२, २७, ३३, ३३, ३९ वर्षिय पुरुष र ११,१४,२६ र ३३ वर्षिय महिला रहेका छन् ।
यस्तै आजै कोरोना पुष्टि हुनेमा थाक्रे गाउँपालिका वडा नं ६ का २५,२५ र २८ वर्षिय पुरुष, वडा नं २ का २३ र २८ वर्षिय पुरुष र नीलकण्ठ नगरपालिका वडा नं ६ का १३ वर्षिय पुरुष रहेका छन् ।
यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या २ सय २ पुगेको छ भने १ जनाको कोरोना कै कारण मृत्यु भैसको छ ।