पोखरामा अब ३ महिना भाडा लिन्न खतिवडा

Avatar photo
Dhadingpost
बिहिबार, भदौ ११, २०७७

धादिङ भाद्र ११ । धादिङको नीलकण्ठ नगरपालिका खाल्टेबाट पोखरा गई व्यवसाय गर्दै आउनु भएका युवराज खतिवडाले सरकारले गरेको पहिलो पहिलो चरणको लकडाउनमा असाह्यको घर- घर चामलको बोरा लिएर मात्र पुग्नु भएन । आफ्नो सस्तो बजारमा सटर भाडा लिएर बसेका व्यवसायीहरुको सटर भाडा समेत लिनु भएन ।

लकडाउन सुरु भएयता झण्डै २ करोड मानविय सेवाका लागि खर्च गर्नुभएका खतिवडाले लकडाउन सुरु सँगै १०० जना भन्दा बढी परिवारलाई आफ्नै होमस्टेमा नि:शुल्क बस्ने र खाने समेतको व्यवस्था समेत मिलाउँदै आउनु भएको छ ।

अब विस्तारै व्यवसायलाई निरन्तरता दिनु पर्छ, विदेशबाट फर्किएका, व्यापार व्यवसाय गर्ने सोचमा रहेका, या व्यापार /व्यवसाय गर्दा भाडा तिर्न नसकेर व्यवसायबाट विस्तापित हुने अवस्थामा रहेका व्यवसायीलाई पोखराको व्यस्त ६ ठाउँमा रहेका बजारहरुमा ३ महिनाको भाडा समेत नलिने खतिवडाले घोषणा गर्नुभएको छ ।