धादिङ थाक्रेमा भेटिएको भनिएका संक्रमित, भारतिय नागरिक

Avatar photo
शुसिला रिजाल
बुधबार, भदौ १०, २०७७

धादिङ भाद्र १० । धादिङको थाक्रे गाउँपालिकाले एक सूचना जारी गर्दै मंगलबार आफ्नो गाउँपालिकामा कोरोना संक्रमित नभएको बताएको छ ।

संचार माध्यममा थाक्रे ६ मा एक कोरोना संक्रमित भेटिए भनेर समाचार प्रकाशित भए सँगै गाउँपालिकाले सूचना जारी गर्दै ति संक्रमित भनिएका व्यक्ति भारतिय हुन् उनी वडा नम्बर ६ मा मजदुरी गरेर बस्ने गर्दथे । सरकारले लकडाउन गरे सँगै भारत गएका उनी नेपाल फर्के पनि काठमाडौमा नै बस्थे सूचनामा भनिएको छ ।

प्रमुख प्रशासकीय प्रमुख शेषकान्त पौडेलद्वारा हस्ताक्षरित उक्त सूचनामा भनिएको छ लकडाउन अवधि देखि निज थाक्रेमा छैनन् र थाक्रेका पनि हैनन् ।