धादिङमा आज थपिए, ७ जना कोरोना संक्रमित

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ ९, २०७७

धादिङ भाद्र ९ । धादिङमा मंगलबार मात्र ७ जना कोरोना भाईरस संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

स्वास्थ्य कार्यालय धादिङका अनुसार आज थपिएका संक्रमितहरुमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का २१ र २५ वर्षिय पुरुष, ५०, ५६, १४ र २१ वर्षिय महिला गरी ६ जना र थाक्रे गाउँपालिका वडा नं ६ का ३१ वर्षिय पुरुष रहेका छन् ।

यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या १ सय ८३ पुगेको छ ।